काठमाडौं । अमेरिकामा राष्ट्रपति पदका लागि आज मतदान भइरहेको छ । डोनाल्ड ट्रम्प र कमला ह्यारिसबीच प्रतिस्पर्धा हुँदैछ ।
तर, यसैबीच थाइल्यान्डको चिडियाखानामा रहेको पिग्मी हिप्पो मू देङ फेरि एकपटक चर्चामा आएको छ ।
मू डेङले सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले जित्ने भविष्यवाणी गरेको छ ।
वास्तवमा मू देङले एउटा खर्बुजा रोजेको थियो, जसमा स्थानीय भाषामा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको नाम लेखिएको थियो ।
पूर्वी थाइल्याण्डको चोनबुरीस्थित खाओ खेभो ओपन चिडियाखानामा सोमबार एउटा प्रयोग गरिएको थियो । जसमा मू देङलाई परीक्षणका लागि पानीबाट बाहिर बोलाइएको थियो । यो प्रयोगमा दुईवटा खर्बुजा राखिएको थियो ।
एउटा खर्बुजामा कमला ह्यारिसको नाम र अर्को खर्बुजामा डोनाल्ड ट्रम्पको नाम लेखिएको थियो । जसमध्ये मू देङले ट्रम्प भएको खर्बुजा रोजेको थियो । सोही आधारमा ट्रम्पले चुनाव जित्ने भन्दै सामाजिक सञ्जालमा भाइरल भएको छ ।
मू देङले ट्रम्पलाई निर्वाचित गरेपछि मेक अमेरिका ग्रेट एगेनका समर्थकहरू खुसी छन् ।
जनावरहरूद्वारा चुनावी नतिजाको भविष्यवाणी गर्ने प्रचलन प्रसिद्ध छ र यसपटक पटक यो प्रयोग गरिएको छ । यसअघि जोए नामको कुकुरले डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको रूपमा रोजेको थियो ।
जुलाईमा आफ्नो जन्म भएदेखि नै मू देङ अनलाइन र अफलाइन दुबैमा भाइरल छ । उसले एक्लै चिडियाखानामा आगन्तुकहरूको संख्या बढाएको छ ।
Facebook Comment
Comment