इजरायलद्वारा यूएनआरडब्लूएसँग सम्बन्ध तोड्ने घोषणा

नेपालभ्युज

इजरायलद्वारा यूएनआरडब्लूएसँग सम्बन्ध तोड्ने घोषणा

काठमाडौं । इजरायलले प्यालेस्टिनी शरणार्थीको लागि सहयोग गर्ने गाजास्थित राष्ट्रसङ्घीय निकाय (यूएनआरडब्लूए)सँग सम्बन्ध तोड्ने निर्णय औपचारिक रूपमा संयुक्त राष्ट्र सङ्घसमक्ष सोमबार पेस गरेको छ ।

इजरायली विदेश मन्त्री इजरायल काट्जको निर्देशनमा विदेश मन्त्रालयले इजरायल र यूएनआरडब्लूएबीचको सम्झौता रद्द भएको संयुक्त राष्ट्रलाई सूचित गरेको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत जनाएको छ ।

विदेश मन्त्री काट्जले यूएनआरडब्लूएका कर्मचारीहरूले गत अक्टोबरको नरसंहारमा भाग लिएको दाबी गर्दै उनीहरूलाई हमासका कार्यकर्ता तथा गाजा पट्टीको समस्याको हिस्साको रुपमा व्याख्या गरेका छन् । यद्दपी कुनै प्रमाण भने पेस गरिएको छैन ।

इजरायली संसद्‌ले गत महिना इजरायल र पूर्वी जेरुसेलममा यूएनआरडब्लूएलाई प्रतिबन्धित गर्ने प्रस्तावलाई अनुमोदन गरेको थियो । उक्त कार्यको इजरायलकोे सहयोगी अमेरिकासहित अन्तर्राष्ट्रिय समुदायद्वारा निन्दा भएको थियो ।

प्यालेस्टिनी क्षेत्रहरूमा शरणार्थीलाई सात दशकभन्दा बढी समयदेखि आवश्यक सहायता प्रदान गर्ने राष्ट्रसङ्घीय एजेन्सीको प्रतिबन्ध कार्यान्वयन गरियो भने गाजामा थप मानवीय सङ्कट थपिने विज्ञहरूले जनाएका छन् ।

यद्यपि, काट्जले उक्त तर्कलाई अस्वीकार गर्दै यूएनआरडब्लूएले गाजामा सहयोगको केहि अंश मात्र पुर्‍याइरहेको बताए ।

जरायल अन्तर्राष्ट्रिय कानूनप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै काट्जले इजरायली नागरिकको सुरक्षालाई असर नगर्ने गरी गाजा पट्टीमा मानवीय सहायतालाई सहज बनाउने बताएका छन् ।

यूएनआरडब्लूए र अन्य मानवीय संस्थाहरूले इजरायली अधिकारीलाई गाजामा सहायता प्रवाह प्रतिबन्धित गरेको आरोप लगाएका छन् । गाजामा रहेका करिब २४ लाख मानिसहरू युद्धको समयमा कुनै नक्नै रूपमा विस्थापित भएका छन् । एएफपी


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved