देउसे बोकेको गाडी पल्टियो

नेपालभ्युज

देउसे बोकेको गाडी पल्टियो

नवलपरासी । पश्चिम नवलपरासीमा देउसे बोकेको गाडी पल्टिएको छ । गाडी पल्टिँदा १० जना घाइते भएका छन् ।

नवलपरासीको सुस्ता गाउँपालिका ३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, पश्चिम नवलपरासीले जनाएको छ ।

गाडीमा २५ जना देउसे सवार थिए । सडकमा रहेको बाख्रा जोगाउँदा गाडी अनियन्त्रित भएर पल्टिएको प्रहरीले जनाएको छ ।

सबै घाइतेहरूको सुस्ता गाउँपालिका २ गुदारियाका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved