तिहारमा इन्ड्राइभको भाडा तेब्बर, अरू बेलामा २०० रुपैयाँ लाग्ने ठाउँमा अहिले ६००

तिहारमा इनड्राइभले अन्य प्लेटफर्महरूको तुलनामा सबैभन्दा महँगो भाडा लिएको छ । १० किलोमिटर दूरीका लागि इनड्राइभमा २५०० रुपैयाँसम्म भाडा देखाइएको छ, जुन दूरीमा पठाओमा १००० रुपैयाँ देखाउँछ ।

नेपालभ्युज

तिहारमा इन्ड्राइभको भाडा तेब्बर, अरू बेलामा २०० रुपैयाँ लाग्ने ठाउँमा अहिले ६००

काठमाडौं । चाडबाडको समयमा इन्ड्राइभमा राइड गर्ने यात्रुहरूले सामान्य भाडाको तुलनामा झन्डै तीन गुणा बढी तिर्नुपरेको भन्दै गुनासो गरेका छन् ।

इनड्राइभ, जसले ग्राहकलाई भाडा बार्गेनिङ गर्ने सुविधा दिन्छ । तिहारको समयमा धेरै राइडरहरू घर गएपछि कम उपलब्ध राइडरले गर्दा भाडा अत्यधिक महँगो  भएको छ । यात्रुहरूले फेसबुक समूहहरूमा भाडा वृद्धिप्रति असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

तिहारमा इनड्राइभले अन्य प्लेटफर्महरूको तुलनामा सबैभन्दा महँगो भाडा लिएको छ । १० किलोमिटर दूरीका लागि इनड्राइभमा २५०० रुपैयाँसम्म भाडा देखाइएको छ, जुन दूरीमा पठाओमा १००० रुपैयाँ देखाउँछ ।

यसैगरी, ७.९ किलोमिटर दूरीमा इनड्राइभले १५१५ रुपैयाँ तोकेको छ, जबकि पठाओमा ६०६ रुपैयाँ र टुटलमा छुटसहित ४५४ रुपैयाँमा यात्रा सम्भव छ । इनड्राइभको अत्यधिक भाडाले धेरै यात्रुहरूलाई असुविधामा पारेको छ ।

यस चाडपर्वको समयमा यात्रा गर्नेहरूको लागि बढेको भाडा समस्याको रूपमा देखिएको छ। ग्राहकहरूले कम्पनीले तुरुन्तै यसमा ध्यान दिनुपर्ने माग गरेका छन् ।

यात्रुहरू भन्छन्, “बार्गेनिङको सुविधा दिने इनड्राइभमा, चाडपर्वमा भाडा कम गर्ने त कुरै छोडौं, झन् तेब्बर बनाइएको छ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved