पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

नेपालभ्युज

पाकिस्तानको लाहोरमा डब्लूएचओको सीमाभन्दा ४० गुणा बढी प्रदूषण

लाहोर– पाकिस्तानको दोस्रो ठूलो शहर लाहोरमा वायु प्रदूषण विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वीकार गरेकोभन्दा करिब ४० गुणा बढी भएको आइक्यू एयरको तथ्याङ्कले देखाएको छ ।

डब्लूएचओले अस्वस्थ्यकर मानेको २४ घण्टाको अवधिमा घातक पीएम २.५ प्रदूषकको स्तर ६१० पुगेको छ।

प्रदूषकको दायरा मापन गर्ने वायु गुणस्तर सूचकाङ्कले प्रदुषकहरूका दायरा १०६७ मा पुगेको जनाएको छ ।

लाहोरका वरिष्ठ वातावरण संरक्षण अधिकारी जहाँगीर अनवरले एएफपीसँग भने, ‘हामी कहिल्यै पनि एक हजारको दायराभन्दा माथि पुगेका थिएनौँ ।’

निम्न स्तरको डिजेल धुवाँ, मौसमी कृषि जलनबाट निस्कने धुवाँ र जाडोको चिसोपनले गर्दा लाहोरलाई केही दिनदेखि धुवाँधुलो, कुहिरो र प्रदूषकको मिश्रणले ढाकेको छ।

प्रान्तीय वातावरण संरक्षण निकायले बुधबार शहरका चार ‘हट स्पट’मा नयाँ प्रतिबन्धको घोषणा गरेको छ ।

मुख्य प्रदुषकको स्रोतका रूपमा लिइने ‘टू स्ट्रोक’ इन्जिनबाट चल्ने टुक–टुक, फिल्टर बिना बारबेक्यू सेवा चलाउने रेस्टुरेन्टहरू प्रतिबन्धित भएका छन्।

सरकारी कार्यालय र निजी कम्पनीका आधाभन्दा बढी कर्मचारी सोमबारदेखि घरबाटै काम गर्ने भएका छन् ।

निर्माण कार्य रोकिएको छ र सडक किनारामा खुला आकाशमा पकाइने स्ट्रिट फूड किनबेचलाई राति ८ बजेपछि बन्द गर्नुपर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved