हङकङ सिक्सेज : नेपालले दियो अस्ट्रेलियालाई ११२ रनको लक्ष्य, सन्दीप जोराको अर्धशतक

नेपालभ्युज

हङकङ सिक्सेज : नेपालले दियो अस्ट्रेलियालाई ११२ रनको लक्ष्य, सन्दीप जोराको अर्धशतक

काठमाडौं । हङकङ सिक्सेजमा नेपालले अस्ट्रेलियालाई ११२ रनको लक्ष्य दिएको छ ।

मोङ कोकमा जारी खेलमा नेपालले पूरै ६ ओभर खेलेर २ विकेटकोे क्षतिमा १११ रन बनाएको हो ।

नेपालका लागि कप्तान सन्दी जोराले ५१ र लोकेश बमले ३३ रन बनाए । सन्दीपले अर्धशतक प्रहार गरे । उनले १६ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५१ रन बनाए ।

शुक्रबार भएको खेलमा इंग्ल्याण्डविरुद्ध पनि उनले अर्धशतक प्रहार गरेका थिए ।

लोकेशले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । विवेक यादवले भने १२ रन बनाए । राशिद खान १२ रनमा अविजित रहे । नारायण जोशीे १ रनमा अविजित रहे बनाए ।

अस्ट्रेलियाका लागि ज्याक वुडले २ विकेट लिए । टस जितेर अस्ट्रेलियाले पहिले बलिङ रोजेको हो ।

स्कोर कार्ड :

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved