पर्यटन प्रवर्द्धनका लागि शुक्लागण्डकीमा ऐतिहासिक कोटिहोम, मंसिर १७ देखि १० दिन चल्ने

गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ‘शुक्लागण्डकी ऐतिहासिक कोटीहोम’ हुने भएको हो । यही मंसिर १७ देखि २७ गतेसम्म चल्ने कोटीहोम पोखरा–१५, ढुंगाँसाँघु, पट्नेरीमा हुनेछ ।

नेपालभ्युज

पर्यटन प्रवर्द्धनका लागि शुक्लागण्डकीमा ऐतिहासिक कोटिहोम, मंसिर १७ देखि १० दिन चल्ने

पोखरा । ‘ऐतिहासिक ठाउँ पोखरा ढुंगेसाँघु जाऊँ, पर्यटन प्रवर्द्धनसँगै महायज्ञमा सरिक भई पुण्य कमाऔँ’ भन्ने नाराका पोखरामा कोटीहोम हुने भएको छ ।

गण्डकी प्रदेशमै पहिलो पटक पोखरामा ‘शुक्लागण्डकी ऐतिहासिक कोटीहोम’ हुने भएको हो । यही मंसिर १७ देखि २७ गतेसम्म चल्ने कोटीहोम पोखरा–१५, ढुंगाँसाँघु, पट्नेरीमा हुनेछ ।

‘शुक्लागण्डकी ऐतिहासिक कोटीहोम’मा पर्यटन प्रबर्दनसँगै मन्दिर उद्घाटन, प्राण प्रतिष्ठा, लघु रुद्रीसहितको विराट धनधान्याञ्चल कोटी होम –कोटी दीप प्रज्वलन, पितृ उद्धारका कार्यक्रम हुनेछन् ।

कोटीहोमका प्रमुख बाचक, यज्ञ संकल्पकर्ता, शोभाकान्त ढकाल (जयश्री कृपालु दास) हुन् ।

कोटीहोमको अवसरमा विभिन्न क्षेत्रका धर्मगुरु तथा विशिष्ट अतिथिहरूको उपस्थिति पनि रहने कार्यक्रम संयोजक तथा धाम अध्यक्ष मदन गिरीले जानकारी दिए । धार्मिक तथा सांस्कृतिक पर्यटकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको गिरीले बताए ।

कार्यक्रममा सहभागी हुनेहरूले महायज्ञमा सरिक भएर पवित्र कामना गर्न पाउनेछन् ।

आयोजकका अनुसार, यो कोटीहोम कार्यक्रमले शुक्लागण्डकी क्षेत्रलाई एक धार्मिक तथा पर्यटन गन्तव्यको रूपमा प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ । स्थानीय जनसमुदायको उत्साहजनक सहभागिताको पनि अपेक्षा छ ।

धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा केन्द्रित यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भई भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना आयोजकले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved