रुसले गुगलमाथि तोक्यो ठूलो परिमाणको जरिवाना, विश्वकै जीडीपीभन्दा पनि धेरै

नेपालभ्युज

रुसले गुगलमाथि तोक्यो ठूलो परिमाणको जरिवाना, विश्वकै जीडीपीभन्दा पनि धेरै

रुसले गुगलमाथि ठूलो परिमाणको जरिवाना तोकेको छ । रुसको अदालतले युट्युबमा रुसी सरकारी मिडिया च्यानलहरूमाथि प्रतिबन्ध लगाएको आरोपमा गुगललाई २ अन्डेकिलियन रुबलको जरिवाना लगाएको हो ।

यो रकम २ को पछि ३६ शून्य (२,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००,०००, ०००) रहेको बीबीसीको समाचारमा उल्लेख छ । डलरमा यसको मूल्य २० ट्रिलियन बराबर हुन्छ, जुन गुगलको २ ट्रिलियन डलरको मूल्यभन्दा निकै बढी हो । यो विश्वको कुल ग्राहस्थ उत्पादन (जीडीपी)भन्दा पनि ठूलो रकम भएको बताइएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विश्वको जीडीपी ११० ट्रिलियन डलर अनुमान गरेको छ ।

रुसी समाचार एजेन्सी तासका अनुसार यो जरिवाना अझै बढ्दै जानेछ । क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, ‘जरिवानाको यस संख्यालाई उच्चारण गर्न पनि सकिँदैन ।’ यसका बीच उनले गुगलको व्यवस्थापनलाई यसमा ध्यान दिन आग्रह गरेका छन् । यसबारे गुगलले भने हालसम्म कुनै टिप्पणी गरेको छैन ।

रुसको मिडिया स्रोत आरबीसीका अनुसार यो जरिवाना १७ वटा रुसी मिडिया च्यानलको सामग्रीमा प्रतिबन्ध लगाएका कारण गरिएको हो । यो प्रक्रिया सन् २०२० मा सुरु भएको थियो । सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यो समस्या बढेको हो । यस घटनाले पश्चिमी कम्पनीहरू रुसबाट बाहिरिनु परेको छ । साथै रुसले व्यापारमा कडा प्रतिबन्धहरू पनि ल्याएको छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved