इजरायली आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्यु

उत्तरी इजरायलमा हिजबुल्लाहको रकेट आक्रमण, ७ जनाको गयो ज्यान

नेपालभ्युज

इजरायली आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गाजा र लेबनानमा स्वास्थ्यकर्मीसहित १४० जनाको मृत्युको मृत्यु भएको छ । बिहीबार राति र शुक्रबार बिहान भएको घटनामा १४० जनाको ज्यान गएको अलजजिराको समाचारमा उल्लेख छ ।

इजरायली आक्रमणबाट गाजामा मात्रै ९५ जनाको मृत्यु भएको हाे । जसमा अधिकांश गाजाको उत्तरी क्षेत्रका बासिन्दा रहेको बताइएको छ ।

त्यस्तै लेबनानमा ६ स्वास्थ्यकर्मीसहित ४५ जनाको ज्यान गएको छ ।

यसैगरी उत्तरी इजरायलमा हिज्बुल्लाहको रकेट आक्रमणबाट ७ जनाले ज्यान गुमाएका छन् । जसमा ४ विदेशी कामदार र ३ इजरायली रहेका छन् ।

सन् २०२३ को अक्टोबर ७ यता गाजामा इजरायलले गरेको आक्रमणले कम्तीमा ४३ हजार २०४ प्यालेस्टिनीको मृत्यु भएको छ । यसैदिन हामासले गरेको आक्रमणबाट इजरायलमा १ हजार १३९ जनाको  ज्यान गएको थियाे । साथै २०० भन्दा बढी मानिसलाई बन्धक बनाइएको छ ।

गाजामा युद्ध सुरु भएदेखि लेबनानमा भएको इजरायली आक्रमणबाट २ हजार ८६५ जनाको मृत्यु भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved