बिहीबार तिहारको तेस्रो दिन लक्ष्मी पूजाः काठमाडौंमा रातिसम्म चहलपहल

नेपालभ्युज

बिहीबार तिहारको तेस्रो दिन लक्ष्मी पूजाः काठमाडौंमा रातिसम्म चहलपहल
तिहारमा झिलिमिली काठमाडौं । गोठाटारबाट देखिएको बौद्धस्थित नयाँबस्तीमा बत्तीको झिलिमिली र आतिशबाजीको दृश्य । तस्वीरः गोपाल दाहाल/रासस

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन बिहीबार लक्ष्मी पूजा परेकाले रातिसम्म पनि काठमाडौं उपत्यकामा बढी नै चहलपहल देखियो । विगतका दिनमा भन्दा बिहीबार रातिसम्म पनि बढी चहलपहल देखिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका धेरै स्थानमा भैलो खेल्नेको चलहपहल देखिएको हो । लक्ष्मी पूजाको रातलाई सुखरात्रि पनि भनिने भएकाले रातभर जाग्राम बसेर लक्ष्मीको आराधना गरिन्छ । रातभर जाग्राम बसेर लक्ष्मीपूजा पर्व मनाइने भएकाले पनि काठमाडौं उपत्यकामा चहलपहल बढेको हो । राति ९ बजेपछि देखि नै सुनसानप्रायः हुने राजधानीका सडकमा बिहीबार अबेरसम्म बाक्लै चहलपहल देखिएको छ ।

काठमाडौं उपत्यकाका न्युरोड, ठमेल, बौद्ध, बालाजुलगायत क्षेत्रमा बढी चहलपहल देखिएको छ । यी क्षेत्रमा मानिस समूह बनाएर भैलो खेलिरहेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मी पूजाका दिन भलो होस् भनी भैलो खेल्ने गरिन्छ । -रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved