विराटनगर । तिहारमा चाहिने विभिन्न समाग्रीहरुको खरिद गर्न विराटनगर बजारमा उपभोक्ताको भीड लागेको छ । हिन्दु परम्परा अनुसार मनाइने चाडबाड र पर्व अनुसार फरक फरक पूजा सामग्री र फरक फरक प्रसादहरू खरिद गर्न मंगलबार उपभोक्ताको भीड लागेको हो ।
गत वर्ष भन्दा यस वर्ष सामानमा केही मूल्य वृद्धि भएको सर्वसाधारणहरूले गुनासो गरेका छन् । यस पटक लक्ष्मी पूजा र तिहारमा चाहिने फलफूल, माटोको दियो, मिठाई, नरिवल, केरा ,फूल, बाँसका सामग्री र पित्तल तथा तामाका भाँडाहरू साथै भाइमसलाकोे मूल्य गत वर्ष भन्दा बढेको उपभोक्ताले बताए ।
विशेष गरी चाडपर्वको बेलामा व्यापारीहरूले मनपरी मूल्य तोक्ने भएकाले सर्वसाधारणहरू ठगिने गरेका छन् । सरकारको फितलो अनुगमनका कारण पनि चाडपर्वमा हरेक सामानको मूल्य बढी तिर्नुपर्ने उपभोक्ताहरूको गुनासो छ ।
उता, व्यापारीहरूले भने तिहारका लागि पूजाका सामग्री तथा अन्य सामानहरू किनमेल गर्नेहरूको विगतमा जस्तो भिडभाड नभएको बताएका छन् । सरकारको गलत नीतिका कारण सीमावर्ती बजारहरूमा अत्यधिक मूल्य फरक भएका कारण व्यापार घटेको व्यापारीहरूको गुनासो छ ।
Facebook Comment
Comment