बालुवाटारबाट रास्वपाका दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ

नेपालभ्युज

बालुवाटारबाट रास्वपाका दर्जनभन्दा बढी कार्यकर्ता पक्राउ

काठमाडौं । बालुवाटारबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरु पक्राउ परेका छन् । मंगलबार सरकारविरुद्ध प्रदर्शनमा उत्रिएकालाई प्रहरीले पक्राउ गरेको हो ।

पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि आन्दोलनरत रास्वपाले आज बालुवाटारमा प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम राखेको थियो । सो कार्यक्रमका लागि बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ताहरु भेला भएका थिए ।

विरोध सुरु भएलगत्तै दर्जनभन्दा बढी कार्यकर्ताहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा ताप्लेजुङका इ. वीरेन्द्र श्रेष्ठ, अशोक चौधरी, प्रदिप बिष्ट, सुरेश पोख्रेल, ध्रुब ढकाल, नवराज भण्डारी, प्रकाश लामिछाने, रक्षा रायमाझी, साहिल पृयास, सबि खड्का, बुद्धरत्न महर्जन, दयाराम नेपाल, सुरेन्द्रराज अवाले, सैलेन्द्र खत्री, उमेश लामा, खुसिराम कैनी, नवराज मुड्वरि, पुकार बम, अमर दङ्गाल, धुर्बबहादुर बिष्ट, हरिस चन्द्र लामिछाने र सुरेश थापा छन् ।

शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले दमन र गिरफ्तारी गरेको कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved