गोकर्णेश्वर नगरपालिकाले नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण गर्ने

नेपालभ्युज

गोकर्णेश्वर नगरपालिकाले नेपाल र बंगलादेशबीचको खेल प्रत्यक्ष प्रसारण गर्ने

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले साफ महिला फुटबल च्याम्पियनसिप २०२४ को फाइनल खेल सार्वजनिक स्थानमा देखाउने भएको छ ।

जोरपाटीस्थित डिजिटल सूचना बोर्डमा बुधबार हुने नेपाल र बंगलादेशबीचको फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्ने मेयर दीपक कुमार रिसालले जानकारी दिए ।

यससँगै स्थानीयले एकै ठाउँमा बसेर ठूलो स्क्रिनमा खेल हेर्न पाउने भएका छन् । पालिकाले स्वास्थ्य, शिक्षा र खेलकुदलाई प्राथमिकतामा राख्दै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved