खसीको भनेर बाख्राको मासु बेच्नेलाई ५ हजारमै माफी, उपमेयर किन भए उदार ?

नेपालभ्युज

खसीको भनेर बाख्राको मासु बेच्नेलाई ५ हजारमै माफी, उपमेयर किन भए उदार ?

गोलबजार । सिरहाको लहानमा खसीको भनेर बाख्राको मासु बिक्री गर्नेलाई जरिवाना गरिएको छ ।

लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको संयोजकत्वमा भएको बजार अनुगमन खसीको भनेर बाख्राको मासु बिक्री गरेको भेटिएपछि पाँच हजार रुपैयाँ जरिवाना गरिएको हो ।

यसैगरी ग्राहकको भीडभाड हुने लहान बर्गर हाउसले खानेतेल गुणस्तरहीन प्रयोग गरेको भनी ११ हजार जरिवाना गरिएको उपप्रमुख महतोले जानकारी दिए ।

अनुगमन टोलीमा इलाका प्रशासन, घरेलु, प्रहरी, पत्रकारलगायतको सहभागिता थियो । उपभोक्ताबाट बजारमा ठगी भइरहेको भन्ने गुनासोपछि बजार अनुगमन गरेको र अनुगमनलाई निरन्तरता दिने उपप्रमुख महतोले बताए ।

अनुगमनका क्रममा केही पसललाई सचेत समेत गराइएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved