नेपाल–बङ्गलादेश साफ महिला फुटबल फाइनलको टिकट बिक्री रोकियो, भीड व्यवस्थापन चुनौती

नेपालभ्युज

नेपाल–बङ्गलादेश साफ महिला फुटबल फाइनलको टिकट बिक्री रोकियो, भीड व्यवस्थापन चुनौती

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल र बङ्गलादेशबीच हुने खेलको टिकट बिक्री स्थगित गरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बुधबार बेलुका ६:३० बजे हुने फाइनल खेलका लागि टिकट अर्को सूचना नआएसम्म रोकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।

आइतबार नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दर्शकको सङ्ख्या रङ्गशालाको क्षमताभन्दा बढी भएपछि एन्फाले खेलाडी र दर्शकको सुरक्षाका लागि यो निर्णय गरेको हो ।

टिकटिङ जिम्मेवारी पाएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट्स प्रालिले क्षमताभन्दा बढी टिकट बिक्री गरेकाले यो विषयमा थप अनुसन्धान गरेर मात्र टिकट बिक्रीको निर्णय गरिने एन्फाले जनाएको छ ।

सार्वजनिक सूचनालाई बेवास्ता गर्दै टिकट बिक्री गर्दा उत्पन्न हुने समस्यामा एन्फा जवाफदेही नहुने चेतावनी पनि दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved