साढे ८ घण्टा चल्यो रविको बयान, मंगलबार पनि जारी रहने

नेपालभ्युज

साढे ८ घण्टा चल्यो रविको बयान, मंगलबार पनि जारी रहने
फाइल फोटो

काठमाडाैं । सहकारी ठगीसम्बन्धी मुद्दामा  हिरासतमा रहेका पूर्वगृहमन्त्री रवि लामिछानेको सोमबार झण्डै साढे ८ घण्टा बयान लिइएको छ ।

उनलाई बयानका लागि सोमबार बिहान साढे १० बजे सरकारी वकिल कार्यालय लगिएको हो ।

कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्ले लगायत अनुसन्धान अधिकृतहरूले बिहानदेखि अबेर साँझ करीब साढे ७ बजेसम्म बयान लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एक अधिकारीले जानकारी दिए । बयान नसकिएकाले मंगलबार पनि जारी रहने ती अधिकारीले बताए ।

बयानका क्रममा उनले आफूमाथि लागेको अभियोग अस्वीकार गरेका छन् । उनले आफू कुनै पनि सहकारीमा सदस्य नरहेको र ऋण पनि नलिएको जिकिर गरेका छन् ।

कार्तिक २ गते रास्वपा पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई सोही दिन पोखरा लगेर अनुसन्धान सुरु गरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved