दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचनापछि जाँच हुँदै

नेपालभ्युज

दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखेको सूचनापछि जाँच हुँदै
फाइल फोटो

काठमाडौं । काठमाडौंबाट भारतको दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा बम राखिएको सूचना आएको छ ।

एआई २१६ उडान नम्बर जहाजमा बम राखिएको सूचना आएको हो । उक्त जहाजमा ५५ नेपालीसहित १ सय ५८ यात्रु रहेका छन् ।

दिल्लीमा रहेको एयर इन्डियाको कार्यालयबाट विमानमा बम रहेको खबर आएको विमानस्थल स्रोतले बताएको छ । त्यसलगत्तै सबै यात्रुलाई ओरालेर जाँच भइरहेको छ ।

उक्त जहाज सोमबार दिउँसो साढे २ बजे काठमाडौंमा अवतरण भएको थियो भने ३:५० बजे उड्ने तयारी भइरहेको बेलामा बम राखिएको सूचना आएको हो ।

यसअघि कात्तिक ६ गते दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरलाइन्समा बम राखिएको सूचना आएको थियो । तर, उक्त जहाजमा साढे तीन घण्टा सर्च गरेपछि गलत सूचना रहेको पुष्टि भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved