रेकर्ड बनाएर घट्यो सुनको मूल्य

नेपालभ्युज

रेकर्ड बनाएर घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको भाउ सोमबार तोलामा ४ सय रूपैयाँले घटेको छ ।

आज छापावाल सुन तोलाको १ लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved