इजरायली हमलामा दुई सैनिक मारिएपछि इरानले के भन्यो ?

नेपालभ्युज

इजरायली हमलामा दुई सैनिक मारिएपछि इरानले के भन्यो ?

काठमाडौं । इजरायलले शनिबार बिहान इरानमा गरेको हवाई हमलामा दुई इरानी सैनिकको मृत्यु भएको छ ।

बीबीसीले इरानको आधिकारिक मिडिया रिपोर्टलाई उद्धृत गर्दै इरानी सेनाले इजरायली हवाई आक्रमणमा आफ्ना दुई सैनिकको मृत्यु भएको जनाएको उल्लेख गरेको छ ।

सेनालाई उद्धृत गर्दै इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले भनेको छ, ‘इस्लामिक गणतन्त्र इरानको सेनाले देश र जनताको रक्षा गरिरहेको छ । आपराधिक यहुदी शासनको हवाई हमलाको सामना गर्ने क्रममा हाम्रा दुई सैनिकले बलिदानी दिएका छन् ।’

इरानको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै इजरायलको आक्रमणको निन्दा गरेको छ । इजरायलको यो हमलालाई उसले अन्तर्राष्ट्रिय कानुनको ‘उल्लंघन’ पनि भनेको छ ।

इरानको विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघ बडापत्रको धारा ५१ लाई उद्धृत गर्दै भनेको छ, ‘इरानको इस्लामिक गणतन्त्रलाई यस विदेशी आक्रमणको विरूद्ध आफ्नो रक्षा गर्ने अधिकार छ ।’

यसैबीच इरान समर्थित सशस्त्र समूह हमासले इजरायलको आक्रमणको निन्दा गरेको छ । हमासले इरानी सेनालाई लक्षित गर्दै इजरायलले गरेको आक्रमणको कडा निन्दा गरेको हो ।

आफ्नो विज्ञप्तिमा हमासले भनेको छ, ‘यी आक्रमणहरू इरानको सार्वभौमसत्ताको घोर उल्लङ्घन हुन् ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved