पूर्वराजालाई भेट्ने कल्पनासमेत गर्न सक्दिनँ : प्रचण्ड

नेपालभ्युज

पूर्वराजालाई भेट्ने कल्पनासमेत गर्न सक्दिनँ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पूर्व राजा ज्ञानेन्द्रलाई भेटेको भन्ने आरोपको खण्डन गरेका छन् ।

शनिबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले पूर्व राजालाई भेट्ने कल्पनासमेत गर्न नसकिने बताए ।

प्रचण्डले भने, ‘कतिपयले प्रचण्डले झापामा पुगेर ज्ञानेन्द्रलाई भेट्यो भनेर हल्ला चलाएछन्, बरु म झापा विमानस्थलमा भएको थाहा पाएर उनीबीच बाटोबाट फर्केको सुनेको छैन, जसले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अर्को क्रान्तिको तयारी गर्दैछ, उसले ज्ञानेन्द्र भनेको भन्नु सही होला ?’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved