पटका प्रतिबन्धको अनुगमन तीव्र

नेपालभ्युज

पटका प्रतिबन्धको अनुगमन तीव्र

काठमाडौं। गोकर्णेश्वर नगरपालिकाले चाडपर्वको समयमा पटका र पटकाजन्य पदार्थको बिक्री-वितरण तथा प्रयोगमा प्रतिबन्ध लगाएसँगै बजार अनुगमन तीव्र बनाएको छ ।

नेपाली हिन्दूहरूको चाड तिहारलाई मध्यनजर गर्दै नगरपालिका प्रमुख दीपक कुमार रिसालले गत कात्तिक ४ गते विज्ञप्ति जारी गर्दै नगर क्षेत्रभित्र पटका र पटकाजन्य कुराको बिक्री-वितरण तथा प्रयोगमा पूर्ण रूपले रोक लगाएका थिए ।

नगरपालिकाले जारी गरेको सूचनामा कानून उल्लङ्घन गर्नेहरूलाई कारबाही गर्ने चेतावनीसमेत दिएको छ । हाल नगरपालिकाभित्र रहेका पसलहरूमा नगर प्रहरी गएर पटका नबेच्न निर्देशन दिँदै अनुगमनसमेत बढाएका छन् ।

नगरपालिकाले पटका तथा पटकाजन्य पदार्थको प्रयोगले जनस्वास्थ्य र सुरक्षामा खलल पुर्‍याउन सक्ने भन्दै सचेत रहन सबैलाई अनुरोधसमेत गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved