पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

नेपालभ्युज

पाल्हीनन्दन गाउँपालिका चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन

पाल्हीनन्दन  । जिल्लाको पाल्हीनन्दन गाउँपालिकामा चार महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज गर्न समस्या भएको छ ।

गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयनलगायत काम गर्न नसकिएको बताईन् । उनका अनुसार जिल्ला समन्वय समितिका शाखा अधिकृत कृषन पन्थीले दसैँको समयमा कर्मचारीलाई तलब भुक्तानी गर्नुपरेको थियो । त्यसबाहेक आर्थिक कारोबार र विकास निर्माणका काम रोकिएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख भगौति यादव (रुदल) प्रदेश सरकार तथा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृत पठाए पनि हालसम्म हाजिर नभएको बताए ।

वडा नं ४ का अध्यक्ष रवीन्द्र सहानीले प्रमुख प्रशासकीय अधिकृत नहुँदा विकास निर्माणलगात अत्यावश्यक काम अगाडि बढाउन नसकिएको जानकारी दिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved