रास्वपाको सडक प्रदर्शन स्थगित

नेपालभ्युज

रास्वपाको सडक प्रदर्शन स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सडक प्रदर्शन  स्थगित गरेको छ ।  सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै गत शनिबारदेखि पोखरा केन्द्रित प्रदर्शन गरेको रास्वपाले प्रदर्शन स्थगित गरेको हो ।

रास्वपाले पोखराबाट सुरु गरेको विरोध प्रदर्शनलाई शुक्रबार  काठमाडौंमा  निरन्तरता दिएको थियो ।

रास्वपाले अबका विरोध कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए  । ‘पोखराबाट सुरु भएको विरोध प्रदर्शनलाई आज काठमाडौंमा निरन्तरता दियौं’ उनले भने,’अबका कार्यक्रम केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्छौं ।’

रास्वपा सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा २ कार्तिकमा प्रहरीले पक्राउ गरी पोखरा लगेको थियो । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनलाई जिल्ला अदालत कास्कीले थप अनुसन्धानका लागि दुईपटक म्याद  थप गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved