भक्तपुर, ललितपुरसहित १७ जिल्लाका सीडीओको सरुवा

नेपालभ्युज

भक्तपुर, ललितपुरसहित १७ जिल्लाका सीडीओको सरुवा

काठमाडौं । गृह मन्त्रालयले १७ सीडीओसहित २७ कर्मचारीको सरुवा गरेको छ ।

विभिन्न जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयहरूमा कार्यरत उपसचिव र सहायक सीडीओको पनि सरुवा भएको हो । जसअनुसार जिल्ला प्रशासन कार्यालय ललितपुर र भक्तपुरको प्रमुख पनि फेरिएका छन् ।

भक्तपुरमा यसअघि डोटीमा सीडीओ रहेका गोपालप्रसाद अर्याल आएका छन् भने भक्तपुरकी सीडीओ रोशनीकुमारी श्रेष्ठको राष्ट्रिय विपद् जोखिम न्युनीकरण प्राधिकरणमा सरुवा भएको छ ।

यस्तै, ललितपुरका सीडीओ तुल्सीबहादुर श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याइएको छ भने रमेश ढकाललाई त्यहाँ पठाइएको छ । गृहमा रहेका बासुदेव घिमिरे रूपन्देहीका प्रमुख जिल्ला अधिकारी भएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved