मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

नेपालभ्युज

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले तिहार तथा छठ जस्ता पर्व मर्यादित भएर मनाउन आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा चाडपर्वको अवसरमा शान्ति सुरक्षामा असर पार्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवं झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरेको हो ।

त्यस्तै, कानुन विपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने तथा वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रिवितरण गर्नेजस्ता कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।

‘कानुनले निषेध गरेका यस्ता गतिविधि गरे/गराएमा कानुनबमोजिम कारबाही भइजाने ब्यहोरासमेत सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved