रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालभ्युज

रविलाई थप ७ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं । सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।

बिहीबार लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

अदालतले यसअघि दिएको ६ दिनको म्याद सकिएसँगै आज प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।

प्रहरीको सीआईबीले कार्तिक २ गते साँझ लामिछानेलाई काठमाडौंबाट पक्राउ गरेको थियो । सोहीदिन उनलाई पोखरा लगिएको थियो । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी अनुसन्धानका लागि उनलाई त्यहाँ लगिएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved