सुर्खेतमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

नेपालभ्युज

सुर्खेतमा गाडी दुर्घटना हुँदा एकको मृत्यु, पाँच जना घाइते

सुर्खेत । गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै पाँच जना घाइते भएका छन् ।

बिहिबार बिहान जुम्लाबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२२१ ख १०१४ नम्बरको एसएमएल गाडी बराहताल गाउँपालिका–८ हुर्केमा दुर्घटना भएको हो ।

दैलेखको ठाटिकाध– ४ घर भई वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३५ वर्षिय दीपक शाहीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले जानकारी दिए ।

गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्रदेश अस्पताल सुर्खेत पुर्‍याएको थियो । उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते सबैको अवस्था सामान्य रहेको र कर्णाली केयर अस्पतालमा उपचार भइरहेको छ । गाडीमा २९ जना सवार थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved