मीनबहादुरले एमालेलाई दिएको जग्गाविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

नेपालभ्युज

मीनबहादुरले एमालेलाई दिएको जग्गाविरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं । भाटभटेनी सुपरमार्केटका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङबाट नेकपा एमालेलाई प्राप्त जग्गाविरुद्ध परेको रिट न्यायाधीश डा. नहकुल सुवेदीको इजलासमा पेसी तोकिएको छ ।

अधिवक्ता डा । ज्ञानबहादुर बस्नेतसमेतले दायर गरेको रिट बुधबार सर्वोच्चले दर्ता गरेको थियो ।

अधिवक्ता बस्नेतले रिटमा गुरूङ र एमाले पार्टी कार्यालयलाई विपक्षी बनाएका छन् । उनले रिटमा भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट पार्टीले जग्गा दान लिने विषय कानूनको मर्मविपरीत भएको जिकिर गरेका छन् ।

भाटभटेनी सुपरस्टोरका सञ्चालक गुरुङले गत असोज २५ गते काठमाडौंको कीर्तिपुर-२, मैत्रीनगरमा नेकपा एमालेलाई केन्द्रीय कार्यालय भवन बनाउन १० रोपनी १४ आना जग्गा दिएको घोषणा गरेका थिए । एमाले अध्यक्ष केपी शर्मा ओली र गुरुङ दम्पतीले भवनको शिलान्यास समेत गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved