सुदूरपश्चिम रोयल्समा इंग्लिस क्रिकेटर सेफ अनुबन्धित

नेपालभ्युज

सुदूरपश्चिम रोयल्समा इंग्लिस क्रिकेटर सेफ अनुबन्धित

काठामाडौं नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले इंग्लिस क्रिकेटर सेफ अलि जेबलाई अनुबन्ध गरेको छ ।

सुदूरपश्चिमले सेफलाई अनुबन्ध गरेको बिहीबार जानकारी गराएको हो । २६ वर्षीय बायाँ हाते अलराउन्डरसँग काउन्टी क्रिकेटको भरपूर अनुभव छ । गत महिना सम्पन्न इंग्ल्यान्डको टी-२० घरेलु प्रतियोगितामा नर्थान्ट्सबाट खेलेका सेफले काउन्टीको दोस्रो श्रेणीमा पनि नियमित खेल्दै आएका छन् ।

सन् २०१५ मा १६ वर्षको उमेरमा पहिलो श्रेणी क्रिकेटमा डेब्यू गरेपछि इंग्ल्यान्डका लागि उमेर समूह क्रिकेट पनि खेलेका थिए । टी-२० करिअरमा १ सय ४० भन्दा माथिको स्ट्राइक रेटमा १२ सय रन जोडेका उनले पार्ट टाइम बलिङ गर्दै ३३ को औसतमा १२ विकेट लिएका थिए ।

यसअघि सुदूरपश्चिमले पहिलो विदेशी खेलाडीको रूपमा स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई प्रमुख मेन्टरमा नियुक्त गरिएको छ ।

दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिमको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १६ गते देखि एनपीएल सुरू हुनेछ ।

सुदूरपश्चिम टोली :

दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, अविनाश बोहरा, विनोद भण्डारी , अर्जुन कुमाल, खडक बोहरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद , अमित श्रेष्ठ, ब्रान्डन म्याकमुलन, सेफ अलि जेब ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved