ओडिशा र पश्चिम बङ्गालमा सामुद्रिक आँधी, तीन दिनसम्म अत्यधिक वर्षा हुने अनुमान

नेपालभ्युज

ओडिशा र पश्चिम बङ्गालमा सामुद्रिक आँधी, तीन दिनसम्म अत्यधिक वर्षा हुने अनुमान

काठमाडौं । भारतको ओडिशा र पश्चिम बङ्गालको तटमा दाना नामको सामुद्रिक आँधीको सम्भावित अवतरण अघि सरकारले तयारी तीव्र बनाएको छ । आजदेखि तीन दिनसम्म अत्यधिक वर्षा हुने अनुमान छ ।

भारतीय वायु सेनाका दुई विमानहरूले राष्ट्रिय विपद् प्रतिक्रिया बल (एनडीआरएफ) का कर्मचारी तथा राहत सामग्री भुवनेश्वरमा लगेका छन् ।

भारतीय मौसम विज्ञान विभागले दाना आँधी भितरकनिका र ओडिशा तटमा अवतरण गर्ने अनुमान गरेको छ ।

आँधी बङ्गालको पूर्वी मध्य खाडीमा दबाब छोडेर पश्चिम–उत्तरपश्चिमतर्फ १८ किलोमिटर प्रति घण्टाको गतिमा अघि बढ्ने विभागले अनुमान गरेको छ ।

आज बिहानसम्म उत्तर–पश्चिम बङ्गालको खाडीमा गम्भीर चक्रवाती आँधीमा परिणत हुने र भोली शुक्रवार राति तथा आइतबार बिहान ओडिशा र पश्चिम बङ्गालको तट पार गर्ने सम्भावना रहेको जनाइएको छ ।

ओडिशा राज्यले प्रभावित हुन सक्ने क्षेत्रमा आजदेखि तीन दिनका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।

आँधीका कारण ओडिशा र पश्चिम बङ्गालमा आजदेखि तीन दिनसम्म अत्यधिक वर्षा हुने अनुमान छ ।

आँधीको सामना गर्न जहाजसहित सेना, नौसेना र तट रक्षकको अतिरिक्त उद्धार र राहत टोली तयारी अवस्थामा राखिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved