एफसी १७ वर्षमुनिको एसियन कप छनोटमा नेपाल जापानसँग भिड्दै

नेपालभ्युज

एफसी १७ वर्षमुनिको एसियन कप छनोटमा नेपाल जापानसँग भिड्दै

काठमाडौं । एफसी १७ वर्षमुनिको एसियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा अहिले साबिक विजेता जापानसँग खेल्दैछ ।

खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा नेपाली समयअनुसार पौने ७ बजे सुरु हुनेछ ।

नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् ।

प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितिसकेको छ ।

नेपालले भने अहिलेसम्म तीन पटक छनोट चरण पार गरेर १७ वर्षमुनिको एसियन कप खेलेकोमा तीन पटक नै समूह चरणबाटै बाहिरिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved