टी–२० मा जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड, गाम्बियाविरुद्ध बनायो ३४४ रन

नेपालभ्युज

टी–२० मा जिम्बाब्वेले तोड्यो नेपालको रेकर्ड, गाम्बियाविरुद्ध बनायो ३४४ रन

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप छनोटमा जिम्बाब्वेले नेपालको टी–२० इतिहासमा बनाएको उच्च स्कोरको रेकर्ड तोडेको छ ।

अफ्रिका सब-रिजनल क्वालिफायरमा बुधबार जिम्बाब्वेले गाम्बियाविरुद्ध विस्फोटक ब्याटिङ गर्दै ३४४ रनको कीर्तिमानी स्कोर बनाएसँगै नेपालको रेकर्ड तोडिएको हो ।

यसअघि नेपालले एसियन गेम्समा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । जिम्बाब्वेले ४ विकेटको क्षतिमा ३४४ रनको विशाल योगफल खडा गरेको हो ।

जिम्बाब्वेका लागि  ४३ बलमा १३३ रन जोडेका कप्तान सिकन्दर रजाले ७ चौकासहित १५ छक्का प्रहार गरे । तादीवानाशे मारुमानीले १९ बलमा ६२ रनको योगदान गरे ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved