दिल्लीमा गगनले भने – नेपालका हिमनदी खतरनाक दरमा पग्लिरहेका छन्, रोकौँ

नेपालभ्युज

दिल्लीमा गगनले भने – नेपालका हिमनदी खतरनाक दरमा पग्लिरहेका छन्, रोकौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालका हिमनदी खतरनाक दरमा पग्लिरहेको बताएका छन् । नयाँ दिल्लीमा आयोजित एसिया क्लाइमेट समिटलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘कार्बन बजारका अवसरहरू बढ्दै गइरहेका छन् । मेरो हिमाली देश नेपालमा हिमनदीहरू खतरनाक दरमा पग्लिरहेका छन्, जसले हिमनदी को संख्या घटाइरहेको छ ।’

१९७० दशकदेखि हिमनदीहरूले आफ्नो क्षेत्रफलको २५ देखि ४० प्रतिशत गुमाइसकेको उनको भनाइ छ । उनले यसलाई रोक्न आह्वानसमेत गरेका छन् ।

नेपालका लागि कार्बन बजार विभिन्न क्षेत्रमा जलवायुसँग सम्बन्धित न्यूनीकरण उपायहरूलाई समर्थन र कार्यान्वयन गर्न महत्त्वपूर्ण हुने थापाले बताए ।

जलवायु परिवर्तनले निम्त्याएको गम्भीर चुनौतीहरूलाई सामना गर्न, कार्बन बजार उत्सर्जन व्यवस्थापनको एउटा साधनमात्र नभएर दिगो र समावेशी भविष्यतर्फको न्यायपूर्ण रुपान्तरणको आधारशिला हुनुपर्ने उनको भनाइ छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved