एनपीएल : टम मुर्सले लुम्बिनी लायन्सबाट खेल्ने

नेपालभ्युज

एनपीएल : टम मुर्सले लुम्बिनी लायन्सबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टोली लुम्बिनी लायन्सले टम मुर्सलाई अनुबन्ध गरेको छ । लुम्बिनीले इंग्ल्याण्डका मुर्सलाई पहिलो विदेशी खेलाडीको रुपमा टोलीमा अनुबन्ध गरेको जानकारी दिएको छ ।

लेफ्ट ह्याण्डेड विकेटकिपर ब्याट्सम्यान मुर्सले कुल १४७ टी–२० खेल खेलेका छन् । उनले बीपीएल, एलपीएल, र पीएसएलजस्ता चर्चित टी–२० फ्रेन्चाइज लिग खेलिसकेका छन् ।

लुम्बिनीमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेल मार्की खेलाडी हुन् । राष्ट्रिय टोलीका पूर्व खेलाडी शक्ति गौचन भने टोलीमा कन्सल्टेन्ट कोचको रुपमा आबद्ध छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved