राष्ट्रसंघीय उच्चायुक्त नेपाल प्रतिनिधि सोखानले सम्हालिन कार्यभार

नेपालभ्युज

राष्ट्रसंघीय उच्चायुक्त नेपाल प्रतिनिधि सोखानले सम्हालिन कार्यभार

काठमाडौं‌ । शरणार्थीहरूका लागि संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालय यूउनएचसीआर नेपाल प्रतिनिधिमा मोनिक सोखानले पदभार ग्रहण गरेकी छन् ।

सोखनाले मंगलबार परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्दै नेपालमा युएनएचसीआर प्रतिनिधिको रूपमा आप्नो कार्यभार सम्हालेकी हुन् ।

पदभार ग्रहण गर्दै सोखानले नेपालमा यू एनएचसीआर प्रतिनिधिको रूपमा कार्य गर्न पाउँदा धेरै सम्मान महसुस गरेको बताइन् ।

यूएनएचसीआर र नेपालबीच सन् १९६० को दशकदेखि शरणार्थी मामिलामा सहकार्य हुँदै आएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved