महत्वपूर्ण विधेयक चाँडै पारित गर्ने सहमति भयो : सभापति चालिसे

नेपालभ्युज

महत्वपूर्ण विधेयक चाँडै पारित गर्ने सहमति भयो : सभापति चालिसे

काठमाडौं । प्रतिनिधि सभाको अर्थ समितिका सभापति सन्तोष चालिसेले प्रहरी विधेयकलगायतमा छलफल गरी पास गर्नका लागि सहमति भएको बताएका छन् ।

मंगलबार सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

चालिसेले भने, ‘अहिले शिक्षा विधेयक, प्रहरी विधेयकलगायत महत्वपूर्ण विषयहरु रोकिएका छन्, यसलाई छलफल गरेर चाँडै पारित गर्ने सहमति भएको छ ।’

उनले थप भने, ‘अहिले धेरै विधेयक समितिमा अड्किएर संसद् बिजेनसविहीन भएको छ भन्नेछ, त्यहाँ धेरै समस्या छ, अब समितिलाई फास्ट ट्रयाकबाट लगेर विधेयकमाथि छलफल गरेर पास गर्नुपर्ने अवस्था आएको छ ।’

सांसदहरु आफ्नो क्षेत्रमा जाँदा कोरम नपुगेर समितिको बैठक बस्न नसकेको उनको भनाइ छ ।

उनले बाढीपहिरोमा जनता मर्कामा परेको समयमा संसद्‌मा छलफल नभएकोप्रति सरकारले जिम्मेवारी लिनुपर्ने बताए । ‘बाढीपहिरोबाट त्यति धेरै क्षति पुगेको छ, त्यसको दायित्व सरकारले लिनुपर्छ,’ चालिसेले भने ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved