धनुषामा स्कुल बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

नेपालभ्युज

धनुषामा स्कुल बसले ठक्कर दिँदा विद्यार्थीको मृत्यु

काठमाडौं । धनुषामा बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

मंगलबार बिहान विद्यालय जाँदै गरेकी धनौजी गाउँपालिका-२ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत ११ वर्षीया आरोही कुमारी मण्डललाई बसले ठक्कर दिएको थियो ।

बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले ठक्कर दिएको हो ।

ठक्करबाट गम्भीर घाइते भएकी मण्डलको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले जानकारी दिए ।

घटनापछि आक्रोशित स्थानीयले विद्यार्थीलाई ओरालेर बसमा आगजनी गरेका छन् । बस पूर्ण रुपमा जलेर क्षति पुगेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved