गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

नेपालभ्युज

गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन
फाइल फोटो

काठमाडौं — सरकारले पशुपति गौशाला धर्मशालाको यथार्थता अध्ययन गरी प्रतिवेदन पेश गर्नका लागि ६ सदस्यीय समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा उक्त समिति गठन गरिएको हो।

सरकारको तर्फबाट जारी गरिएको विज्ञप्तिमा प्रवक्ता रामकृष्ण लामिछानेले समितिका सदस्यहरूमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून मन्त्रालय, पुरातत्व विभाग, र संस्कृति शाखाका उपसचिवहरू रहेका जानकारी दिएका छन्।

समितिले गौशाला धर्मशालाको अवस्थाबारे गहन अध्ययन गरेर आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved