अध्यादेशबारे माधव नेपाल : अरू पार्टी सिध्याउने गरी ल्याए मान्य हुँदैन

नेपालभ्युज

अध्यादेशबारे माधव नेपाल : अरू पार्टी सिध्याउने गरी ल्याए मान्य हुँदैन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अरू पार्टीलाई सिध्याउने गरी दल विभाजन अध्यादेश ल्याए मान्य नहुने बताएका छन् ।

सोमबार कपिलवस्तुमा लुम्बिनी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालले भने, ‘देशलाई विकास कसरी गर्ने त्यसमा छलफल गर्नुस्, हामी पनि छलफल गर्न तयार छौं तर अरू पार्टी सिध्याउने अध्यादेश मान्य हुँदैन ।’

उनले आफ्नो पार्टी बलियो रहेको दाबी पनि गरे । ‘हाम्रो पार्टी कसैसँग पनि बिलिन हुँदैनौं, आफ्नै खुट्टामा उभिन एकीकृत समाजवादी सक्षम छ’ उनले भने ।

साथै, उनले आफूमा प्रधानमन्त्री केपी शर्मा ओली वा अरू कोहीप्रति पनि बदलाको भावना नरहेको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved