ठूलो आवाजमा मोटरसाइकल चलाउनेको भिडिओ पठाएमा ५ हजार पुरस्कार

साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन भनिएको छ ।

नेपालभ्युज

ठूलो आवाजमा मोटरसाइकल चलाउनेको भिडिओ पठाएमा ५ हजार पुरस्कार

काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न एक अनौठो अभियान सुरु गरेको छ ।

मोटरसाइकलमा ठूलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।

नगरप्रमुख दीपक कुमार रिसालले जारी गरेको सूचनामा साइलेन्सर मोडिफाई गरेर ठूलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन प्रोत्साहन गरिएको छ ।

सूचना पाएपछि ठूलो आवाजमा मोटरसाइकल चलाउने चालकलाई कारबाही गरिने छ । जरिवाना तिराइने छ ।

जो कसैले पनि सवारी नम्बर र फोटोसहित ९८५१२९६३१२ मा सूचना पठाएर पुरस्कार जित्न सक्नेछन् ।

नगरपालिकाले यस्तो कदम चाल्नुको मुख्य कारण वातावरणीय प्रदूषण र शान्त जीवनयापनमा असर पुगेको बताएको छ । जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने छ ।

सूचना दिनेको नाम गोप्य राख्ने प्रावधानले यस अभियानमा सर्वसाधारणको सहभागिता बढ्ने विश्वास नगरपालिकाले लिएको छ ।

यस अभियानबाट गोकर्णेश्वर क्षेत्रको ध्वनीको वातावरणमा सुधार आउने अपेक्षा गरिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved