एनपीएल : पाकिस्तानका हुसैन तलातले कर्णाली याक्सबाट खेल्ने

कर्णाली याक्सले पहिलो विदेशी खेलाडीको रुपमा २८ वर्षीय हुसैन तलातलाई अनुबन्ध गरेको हो ।

नेपालभ्युज

एनपीएल : पाकिस्तानका हुसैन तलातले कर्णाली याक्सबाट खेल्ने

काठमाडौं । कर्णाली याक्सले पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात अनुबन्ध गरेको छ ।

कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरेले हुसैनलाई अनुबन्ध गरेको जानकारी दिए । ‘आगामी लिगको लागि कर्णाली याक्सले पाकिस्तानका अलरान्डर मोहम्मद हुसैन तलातलाई अनुबन्ध गरेको छ,’ घिमिरेले भने, ‘तलातको आगमनले टोली थप मजबुद बन्ने विश्वास लिएका छौं ।’

ज्ञानेन्द्र मल्ल प्रशिक्षक रहेको कर्णाली याक्सको मार्की खेलाडीमा राष्ट्रिय टोली अलराउन्डर सोमपाल कामी छन् ।

कर्णालीले पहिलो विदेशी खेलाडीको रुपमा २८ वर्षीय हुसैन तलातलाई अनुबन्ध गरेको हो । उनी हालसम्म टेस्ट राष्ट्रबाट नेपाल प्रिमियर लिग (एनपीएल)मा अनुबन्ध हुने पहिलो खेलाडी बनेका छन् ।

उनले पाकिस्तानबाट १८ टी–२० आई खेलेका छन् । जसमा ३९४ रन बनाएका छन् । टी-२० मात्रै १६९ खेल खेलेका छन् । उनले सन् २०१९ मा वेष्ट इन्डिजविरुद्ध खेल्दै टी-२० आईमा डेब्यू गरेका थिए ।

कर्णालीले अक्सनबाट ‘ए’ श्रेणी खेलाडीहरु राष्ट्रिय टोलीका गुल्शन झा, देव खनाल र नन्दन यावदलाई अनुबन्ध गरेको छ । त्यस्तै, ‘बी’ श्रेणीमा अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिशविक्रम सिंह ठकुरीसँगै दीपक डुम्रे छन् ।

एनपीएल १५ मंसिरदेखि ६ पुससम्म काठमाडौंमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved