जम्मू-कश्मीरमा टनेल कामदारमाथि गोली प्रहार : ७ जनाको मृत्यु

नेपालभ्युज

जम्मू-कश्मीरमा टनेल कामदारमाथि गोली प्रहार : ७ जनाको मृत्यु

नयाँ दिल्ली/श्रीनगर । जम्मू–कश्मीरको गान्दरबलमा आइतबार राति आतंकवादी आक्रमणमा परी टनेल कामदारको  ज्यान गएको छ ।

आतंकवादीहरूले अन्धाधुन्ध गोली प्रहार गर्दा छ जना श्रमिक र एक जना डाक्टरको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

यो आक्रमण मध्य कश्मीरको गान्दरबल जिल्लामा सुरुङ निर्माण गरिरहेको एक निजी कम्पनीको शिविरमा भएको थियो । जम्मू–कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्ला, केन्द्रीय गृहमन्त्री अमित शाह लगायतले यो आक्रमणको निन्दा गरेका छन् ।

जानकारी अनुसार आतंकवादीहरूले राति करिब ८ः१५ बजे स्वचालित हतियारबाट गोली चलाएका थिए । घटनाको समयमा मजदुरहरू खाना खान मेस नजिक पुगेका थिए । यो क्याम्प घना जंगलको बीचमा थियो । मृतकहरूमा मध्य कश्मीरको बडगामका डा. शाहनवाज समेत छन् ।

कश्मीरमा यस वर्षको पाँचौं लक्षित आक्रमणमा धेरै अन्य व्यक्तिहरू घाइते भएका छन् । १६ अक्टोबरमा मुख्यमन्त्री उमर अब्दुल्लाको नेतृत्वमा नयाँ गठबन्धन सरकार सत्तामा आएयता यो दोस्रो आक्रमण हो ।

यो आक्रमण यस वर्ष कश्मीरमा मृत्युको मामिलामा सबैभन्दा ठूलो हो । यसअघि ९ जूनमा जम्मू क्षेत्रको रियासी जिल्लामा तीर्थयात्रीको बसमाथि गोली प्रहार गरिएको थियो ।

यो आक्रमणले आतंकवादीको सर्वसाधारण नागरिकलाई दुःख दिने प्रवृत्ति रहेको देखाउने गरेको छ । त्यस दिन सात तीर्थयात्री, चालक र कन्डक्टरको मृत्यु भएको थियो, जबकि ४१ अन्य घाइते भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved