नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, कुशलको ९२ रन

नेपालभ्युज

नेपालले दियो अमेरिकालाई १७१ रनको लक्ष्य, कुशलको ९२ रन

काठमाडौं। दोस्रो टी २० खेलमा नेपालले अमेरिकालाई १७१ रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा १७० रन बनाएको हो।

नेपालका कुशल भूर्तेलले अविजित ९२ र करण केसीले अविजित ६ रन बनाए। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गर्दै ९२ रनको योगदान गरे।

कुशलले ३३ बलमा ४ चौका र ३ छक्का प्रहार गरेर अर्धशतक पूरा गरे। नेपालको लागि यो उनको नवौं अर्धशतक हो।

यस्तै, अनिल साहले २५, गुल्शन झाले १९, कप्तान रोहित कुमार पौडेलले १८, दीपेन्द्र सिंहले २, आरिफ शेखले १, र आसिफ शेखले १ रन बनाए। अमेरिकाका लागि भने नोशथुश केन्जिन्गे र जसदीप सिंहले २ तथा सौरभ नेत्रभाल्करले १ विकेट लिए।

टस जितेर नेपालले पहिले ब्याटिङ गर्ने निर्णय गरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved