चितवनको हिरासतमा एक पुरुष मृत भेटिए

नेपालभ्युज

चितवनको हिरासतमा एक पुरुष मृत भेटिए
प्रतीकात्मक तस्वीर ।

चितवन । चितवनमा हिरासतमा रहेका एकजना मृत भेटिएका छन् ।

चितवनको रत्ननगरस्थित इलाका प्रहरी कार्यालय, टाँडीको हिरासतमा रहेका एक थुनुवा मृत अवस्थामा भेटिएका हुन् ।

हिरासत कक्षमा रहेका अपराधिक लाभ कसूर मुद्दाका थुनुवा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालले जानकारी दिए ।

गत कात्तिक  १ गते ५ दिनका लागि म्याद थप गरिएका रत्ननगर-१३ का ४५ वर्षीय महमद क्यामोदिन थुनुवा कक्षको बाथरुमको ढोका छेउमा घोप्टो अवस्थामा भेटिएको थियो ।

यसपछि उनी नउठेपछि भरतपुर अस्पताल पुर्‍याइएको थियो तर, चिकित्सकले उनलाई अगाडि नै मृत्यु भइसकेको बताउँदै मृत घोषित गरे ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved