रवि लामिछाने पक्राउ बारे सभामुखलाई दिइयो जानकारी

नेपालभ्युज

रवि लामिछाने पक्राउ बारे सभामुखलाई दिइयो जानकारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेकाबारे सभामुख देवराज घिमिरेलाई जानकारी गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले शुक्रबार पत्र लेख्दै सभामुख घिमिरेलाई यसबारे जानकारी गराएका हुन् ।

‘सम्मानित कास्की जिल्ला अदालतको २०८१ कात्तिक २ गतेको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानको क्रममा पक्राउ गरिएका रवि लामिछाने चितवन २ को राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रत्यक्षतर्फ प्रतिनिधिसभामा निर्वाचित सांसद रहेकोले नेपालको संविधान २०७२ को धारा १०३ को उपधारा ६ बमोजिम प्रतिनिधिसभाको सदस्य निज रवि लामिछाने पक्राउ परेको यसै पत्रद्वारा सम्माननीय सभामुखसमक्ष सूचना एवं जानकारी गराइएको व्यहोरा सादर अनुरोध गरिएको छ ‘, पत्रमा भनिएको छ ।

अदालतले पक्राउ अनुमति दिएसँगै शुक्रबार साँझ बनस्थलीस्थित पार्टी कार्यालयबाटै लामिछानेलाई पक्राउ गरिएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved