सूर्यदर्शन सहकारी ठगी : रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी

नेपालभ्युज

सूर्यदर्शन सहकारी ठगी : रविसहित १४ जनाविरुद्ध एकैपटक जारी भयो पक्राउ पुर्जी

काठमाडौं । जिल्ला अदालत कास्कीले सूर्यदर्शन सहकारी ठगीको आरोपमा अनुसन्धान गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ। न्यायाधीश कृष्णजंग शाहको इजलासले शुक्रबार यस्तो अनुमति दिएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीले शुक्रबार अदालतसमक्ष पक्राउ अनुमति माग गरेको थियो। प्रहरीको मागअनुसार उनीहरुसँग बयान लगायतका थप अनुसन्धान गर्नुपर्ने आधार, कारण मनासिब देखिएकोले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ९ (३) बमोजिम निजलाई पक्राउ गर्न अनुमति दिइएको उल्लेख छ।

पूर्वगृहमन्त्री समेत रहेका लामिछानेसँगै विशाल तामाङ, नविन अछामी, रविना रिमाल, असरफ अली सिद्दिकी, दिपक लामा, अनन्तवावु राई, रामबहादुर खनाल, देवेन्द्रवावु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दिपा न्यौपाने र कल्पनाकुमारी श्रेष्ठलाई पक्राउ गर्न अनुमति दिएको हो।

यसअघि सोही प्रकरणमा पक्राउ परेका पूर्व डीआईजी छविलाल जोशीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

सहकारी छानबिन समितिले जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको ठहर गर्दै कारबाहीको दायरामा ल्याउन सिफारिस गरेको थियो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved