बिहारमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु

नेपालभ्युज

बिहारमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु
तस्वीर - बीबीसी हिन्दी

काठमाडौं । भारतको बिहार राज्यमा विषाक्त मदिरा सेवनबाट ३३ जनाको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमकाअनुसार अक्टोबर १६ देखि बिहारको सारण र सिवान जिल्लामा विषाक्त मदिरा सेवनका कारण ३३ जनाको मृत्यु हो ।

बिहारका मुख्यमन्त्री नितिश कुमारले अधिकारीहरूलाई यस विषयमा उच्च स्तरीय समीक्षा गर्न र सबै बिन्दुहरूमा छानबिन गर्न निर्देशन दिएका छन् ।

सन् २०२२ मा पनि मसरख र भगवानपुरमा विषाक्त मदिराका कारण मृत्यु भएको थियो ।

बिहारमा सन् २०१६ देखि पूर्णरुपमा रक्सी प्रतिबन्ध छ । तर, विषाक्त मदिराका कारण धेरै जनाको मृत्यु हुने गरेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved