सुनको मूल्य आकासियो, तोलाकै १ लाख ६४ हजार ४ सय रूपैयाँ

नेपालभ्युज

सुनको मूल्य आकासियो, तोलाकै १ लाख ६४ हजार ४ सय रूपैयाँ

काठमाडौं । सुनको मूल्यले दिनहुँ रेकर्ड कायम गरिरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार तोलाको १ लाख ६२ हजार ४ सय रूपैयाँमा कारोबार हुँदै रेकर्ड कायम गरेको सुनको मूल्यले आज त्यो रेकर्ड ब्रेक गरेको हो ।

आज छापावाल सुनको मूल्य तोलामा २ हजार रूपैयाँले बढ्दै १ लाख ६४ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ३० रूपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved