नेपालले दियो अमेरिकालाई १६५ रनको लक्ष्य, रोहितको ४९ रन

नेपालभ्युज

नेपालले दियो अमेरिकालाई १६५ रनको लक्ष्य, रोहितको ४९ रन

काठमाडौं। टी २० सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई १६५ रनको लक्ष्य दिएको छ।

ग्रान्ड प्रेरिमा जारी खेलमा नेपालले पूरै ओभर खेलेर ९ विकेटको क्षतिमा १६४ रन बनाएको हो।

नेपालका लागि रोहित कुमार पौडेलले ४९ र दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए। दीपेन्द्र आउट भएलगत्तै करण केसी र आरिफ शेख गोल्डेन डकआउट भए।

नेपालका लागि आसिफ शेखले २७, अनिल साहले २७, गुल्शन झाले ११, कुशल भूर्तेलले १० र सोमपाल कामीले २ रन बनाए।

अमेरिकाका लागि सौरभ नेत्रभालकर, जसदिप सिंह र हर्मित सिंहले २-२ विकेट लिए।

टस जितेर अमेरिकालले पहिले बलिङ रोज्दा नेपालले पहिले ब्याटिङ गर्नेे निम्तो पाएको हो।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved