हमास नेता याह्या सिनवारको मृत्यु पुष्टि गर्न डीएनए परीक्षण गर्दै इजरायल

नेपालभ्युज

हमास नेता याह्या सिनवारको मृत्यु पुष्टि गर्न डीएनए परीक्षण गर्दै इजरायल

काठमाडौं । इजरायलको आक्रमणमा मारिएका व्यक्तिहरू मध्ये एक याह्या सिनवार रहेको पुष्टि गर्न इजरायलले शवको डीएनए परीक्षण गरिरहेको बीबीसीले जनाएको छ ।

इजरायली सेना (आईडीएफ) ले हमास नेता याह्या सिनवार पनि गाजामा भएको आक्रमणमा मारिएको हो कि भनेर अनुसन्धान गरिरहेको हो ।

इजरायलका रक्षामन्त्री योभ गालान्टले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘हाम्रा शत्रुहरू कतै लुक्न सक्दैनन्। हामी तिनीहरूलाई फेला पार्नेछौं र मार्नेछौं।’

समाचार एजेन्सी रोयटर्सका अनुसार इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले सिनवार ‘सम्भवतः मरेको’ बताएको छ।

दुई इजरायली अधिकारीहरूले रोयटर्सलाई जानकारी दिए अनुसार इजरायलको सुरक्षा मन्त्रिपरिषदका सदस्यहरूलाई हमास नेता याह्या सिनवारको मृत्युको प्रबल सम्भावना रहेको जानकारी दिएका छन् ।

केही अज्ञात इजरायली अधिकारीहरूले इजरायली मिडिया ‘च्यानल १२’ लाई सिनवार मारिएको कथित रूपमा बताएका छन्।

यसैबीच समाचार एजेन्सी एएफपीले एक इजरायली सुरक्षा अधिकारीलाई उद्धृत गर्दै आक्रमणमा मारिएका व्यक्ति याह्या सिनवार हो वा होइन भन्ने पुष्टि गर्न डीएनए परीक्षण भइरहेको बताएको छ।

इजरायलसँग सिनवार जेलमा रहँदाको विवरण अनुसार डीएनए र अन्य बायोमेट्रिक डाटा रहेको छ ।

यो पनि पढ्नुहोस :

गाजाको युद्ध मैदानमा सकुशल छन् हमास कमाण्डर सिनवर, के योजना बनाउँदैछन् ?


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved